बाँके : बाँकेमा विभिन्न ठाउँमा मास्क नलगाई हिड्न ८५ जनालाई प्रहरीले कारबाही गरेको छ । बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागी नेपाल सरकारले गरेको निर्णय बमोजिम विहीवार प्रहरीले मास्क प्रयोग नगरि हिड्ने १५ जना महिला, ७० जना पुरुषलाई नियन्त्रणमा लिई सङ्क्रमक रोग ऐन २०२० बमोजिम प्रतिब्यक्ति एक सय जरीवाना गराएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उक्त जरीवाना संकलन भएको ८ हजार ५ सय रकम जिल्ला प्रशासन कार्यालय बाँकेमा बुझाईएको प्रहरीले जनाएको छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस