गोठीखोला आपसापमा रहेका खाल्डाहरू सडकका खाल्डा पुर्दै ट्राफिक

Author Logo..
अनलाइन राप्ती २०७७ साउन १५ गते बिहिवार

तुलसीपुर :  तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ गोठीखोला आपसापमा रहेका खाल्डाहरू प्रहरी र ट्राफिक प्रहरीको सक्रियतामा पुरिएको छ । अस्थायी प्रहरी चौकी गोठीखोला र अस्थायी ट्राफिक प्रहरी पोष्ट गोठीखोलाको सक्रियतामा यस्तो काम भएको हो ।

लामो समयसम्म सडकमा खाल्डो पर्दा पनि जिम्मेवार निकायले ध्यान दिन नसकेको भन्दै ट्राफिक प्रहरीको सक्रियतामा खाल्डा पुरिएको हो । ट्राफिक जवान डिल्लीराज आचार्यका अनुसार स्थानीय जनताको सहयोगमा खाल्डा पुरिएको हो ।

राप्ती राजमार्गअन्तर्गत रहेको उक्त सडक विभागले निर्माण गर्नुपर्ने जिम्मेवारी भएपनि लामो समयदेखि वास्ता गरिएको थिएन । मुख्य सडकमा भएको खाल्डोले दुर्घटना निम्त्याउन सक्ने भन्दै ट्राफिक प्रहरीले सक्रियता  देखाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार