दाङ बाढी, पहिरो जोखिम, उच्च सतर्कता आवश्यक

Author Logo..
अनलाइन राप्ती २०७७ साउन १५ गते बिहिवार

दाङ, १५ साउन :  दाङमा केही दिनदेखि वर्षा शुरू भईसकेको छ । दाङ समथर भूभाग भएकाले डुबानको निकै जोखिममा पर्दछ । यो वर्षाको समयमा खोलानालाहरू बढ्ने क्रममा छन् । विगतका वर्षहरूमा बबई नदीमा बढेको वहावले पश्चिम क्षेत्रका बस्तीहरू डुबानमा परेको थियो भने राप्ती नदिले देउखुरीबासीलाई निकै सास्ती भोग्नुपरेको थियो । खोलानाला बढेर र भारी वर्षा परेर दाङका देउखुरी तथा बबई क्षेत्रका आसपासका गाविसहरू डुबानमा पर्नु कुनै नौलो विषय भने होइन् । वर्षेनी जिल्लाबासीले वर्षाको समयमा डुबानको समस्या झेल्दै आएका छन् ।

यो वर्ष पनि वर्षा शुरू भईसकेकाले जिल्लाबासीले त्यो समस्या झेल्नुपर्दैन भन्न सकिन्न् । तर बाढीको समयमा खोलानाला बढी हाल्यो र कुनै क्षेत्र डुबानमा प¥यो भने उद्धारका लागि जिल्ला आवश्यक पर्ने पर्याप्त मात्रामा उद्धार सामग्री नै छैन् । जिल्ला प्रहरी कार्यालयले वर्षाको समयमा उद्धार गर्नको प्रहरीहरू तयारी अवस्थामा राखेको छ । बाढीमा उद्धार गर्नको लागि सय बढी प्रहरीहरू तयारी अवस्था छन् । तर उद्धार गर्नको लागि प्रहरीहरूलाई आवश्यक पर्ने उद्धार सामग्रीहरू पर्याप्त मात्रामा छैन् ।

डुबानको समयमा उद्धार गर्नको लागि प्रहरीहरूलाई लाइभ ज्याकेट, स्ट्रेचर, डोरी, नदीले पुरिएको क्षेत्रमा खन्नको लागि आवश्यक पर्ने गैती, फरूवाको आवश्यक पर्छ । ति सामग्रीहरू पर्याप्त मात्रामा उपलब्ध नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख गणेश चन्दले बताएका छन् । प्रहरी प्रमुख चन्दका अनुसार जिल्लामा एक बढी प्रहरी परिचालन गरिएको छ । ‘डिएसपीको कमाण्डमा ५० जना प्रहरी टोली छुट्याएको छ’ प्रहरी प्रमुख चन्दले भने ‘हामीले पूर्वतयारी गरिसकेका छौं ।

त्यसैगरी प्रत्येक युनिटमा पनि तयारी अवस्थामा प्रहरी परिचालन गरेको उनले बताए । भारी वर्षाका कारण कुनै घटना हुन गएमा उद्धार सामग्रीसहित प्रहरी परिचालन गरिने उनले बताए । ‘पर्याप्त मात्रामा उद्धार सामग्री छैनन्’ उनले भने ‘हामीसँग भएका स्रोत साधनहरू प्रयोग गरेर हुनसक्ने सम्भावित घटनाबाट बचाउने कोसिसमा छौं ।’ यो समाचार सपना बोहराले प्रदेश टुडे दैनिक लेखेकी छन् । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार