नेपालमा बुधबार  २ सय १०  जना कोरोना संक्रमित थपिए

Author Logo..
अनलाइन राप्ती २०७७ साउन १४ गते बुधवार

काठमाडौं : नेपालमा बुधबार  २ सय १०  जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले उक्त कुराको जानकारी दिएका हुन्।  गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको पिसिआर परीक्षण गरिएको छ। हालसम्म ३ लाख ५८ हजार ३ सय ४४ जनाको परीक्षण भइसकेको छ। यससँगै  नेपालमा कोरोना संक्रमितको १९ हजार २ सय ७३ पुगेको छ। यस्तै,  बुधबार १ सय ४६ जना डिस्चार्ज भएका छन्।

बुधबारसम्म कोरोना मुक्त हुनेको संख्या १४ हजार २१ रहेको छ।  प्रदेश नम्बर १ मा ७ सय ८९, प्रदेश नम्बर २ मा ३ हजार १८, बागमती प्रदेशमा ५ सय १८ र गण्डकी प्रदेशमा १ हजार २ सय २७ जना डिस्चार्ज भएका छन्। यस्तै प्रदेश नम्बर ५ मा  ३ हजार ९ सय १०, कर्णाली प्रदेशमा १ हजार ६ सय ८६ र सुदूरपश्चिम प्रदेशमा २ हजार ८ सय ७३ जना डिस्चार्ज भएका छन्।

आजसम्म पीसीआर विधिबाट ३ लाख ५८ हजार ३ सय ४४ जनाको कारोना परीक्षण भएको छ। देशभरीका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार २ सय ३ जना उपचाररत रहेका छन्। जसमा प्रदेश नम्बर १ मा २ सय २६, प्रदेश नम्बर २ मा १ हजार ९ सय ८२, बागमती प्रदेशमा ४ सय ८३ र गण्डकी प्रदेशमा २ सय ८८ जना आइसोलेसनमा उपचाररत रहेका छन्।

यस्तै प्रदेश नम्बर ५ मा ४ सय १, कर्णाली प्रदेशमा ३ सय २ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय २१ जना आइसोलेसनमा रहेको प्रवक्ता डा. गौतमले बताए। देशभरिका क्वारेन्टिनमा १४ हजार ४ सय ७१ जना रहेका छन्। नेपालमा कोरोना संक्रमणबाट ४९ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार