दाङमा खोलाले बगाएका २ वटा एम्बुलेन्स सहित ११ जनालाई सकुसल उद्धार

Author Logo..
अनलाइन राप्ती २०७७ साउन १४ गते बुधवार


दाङ :  दाङमा खोलाले बगाएका २ वटा एम्बुलेन्सका ११ जनालाई सकुसल उद्घार गरिएको छ । बुधबार बिहान नारायणपुरबाट तुलसीपुर आउदै गरेको रा १ च ८९२ नम्बरको एम्बुलेन्स हापुर खोलाले बगाएको थियो । २० मिटर तल सम्म बगाएको एम्बुलेन्समा चालक घोराही ५ धर्नाका ४५ बर्षीय अमर कुवर, घोराही १५ कपासिका २८ बर्षीय बिष्णु सार्की, उनकी २५ बर्षिय श्रीमती शान्ति नेपाली र ४ बर्षिय छोरा बिशेष नेपाली र सोही ठाउँका २६ बर्षीय शरद नेपालीलाई प्रहरी नायब निरीक्षक भीमबहादुर सुनारको नेतृत्वको टोलीले सकुशल उद्धार गरेको दाङ प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिए ।

त्यस्तै, आज बिहान ५ बजे तिर कपिलवस्तु बाट तुलसीपुर आउदै गरेको रा १ च ८११ नम्बरको एम्बुलेन्स घोराही ४ को सिस्नेखोलाले बगाएको थियो । झण्डै १५ मीटर तलसम्म बगाएको एम्बुलेन्सका चालक देउखुरी गढवा ७ का २८ बर्षीय प्रसुन प्रसाद चौधरी, त्यसमा सवार अर्घाखाँची पाडेनी ७ का ३० बर्षीय दिल बहादुर बुढाथोकी, सोही ठाउँका ४ बर्षीय तारा गाहा र ३५ बर्षीय मन्जु गाहा, तुलसीपुर १६ का ४० बर्षीय सीता चौधरी र सोही ठाउँकी झपिकला चौधरीलाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ

दाङमा अधिकाश खोलामा लामोसमय पछि पुल बनेका छन, भने अझै केहिमा बन्न नसक्दा बर्षामा खोलाले मानिस तथा सवारीका साधनलाई खोलाले बगाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार