दाङमा १४ वटा क्वारेन्टाइन संचालन

Author Logo..
अनलाइन राप्ती २०७७ साउन १३ गते मङ्गलवार

दाङ  :  दाङमा हाल १४ स्थानमा क्वारेन्टाइनहरु सञ्चालनमा छन् । जिल्ला आपतकालीन केन्द्र दाङका अनुसार २ सय ३ वटा क्वारेन्टाइन मध्य दाङमा हाल १४ वटा क्वारेन्टाइनहरु मात्र सञ्चालनमा रहेका छन् । दाङमा १० हजार २ सय बेडका क्वारेन्टाइन स्थापना गरिएको थियो । पछिल्लो अबस्थामा राप्ती गाउँपालिकामा ४ वटा, तुलसीपुर उपमहानगरपालिकामा ३ स्थान,लमही नगरपालिकामा २ स्थान, गढवा गाउँपालिका, राजपुर गाउँपालिका, शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका र दंगीशरण गाउँपालिकाको १÷१ स्थानमा क्वारेन्टाइनहरु संचालनमा रहेका छन् । ती क्वारेन्टाइनमा २ सय १७ जना रहेका छन् ।

उनीहरु मध्य २३ जना महिला र १ सय ९४ जना पुरुषहरु रहेका छन् । तुलसीपुरमा १ सय २६ जना, राजपुरमा २५ जना पुरुष, राप्तीमा ११ जना, दंगीशरणमा ७, बबईमा ७ जना, लमहीमा ८ जना र शान्तिनगरमा ३ जना क्वारेन्टाइनमा बस्दै आएका छन् । उनीहरु भारत लगाएत तेश्रो मुलुक आएका हुन् । त्यसैगरी जिल्लामा कोरोना संक्रमित ६ सय ४४ जनामध्य ६ सय १० जना उपचारपछि घर फर्किएका छन् । कोरोना विशेष अस्पताल बेलझुण्डी, देउखुरी आइसोलेसन सेन्टर लालमटिया, घोराही आइसोलेसन सेन्टर लगाएतका ठाउँबाट सोमवार सम्म ६ सय १० जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका हुन् ।

उपचारपछि घर फर्किनेमा सबैभन्दा धेरै घोराहीका २ सय ६२ जना रहेका छन् । त्यसैगरी बंगलाचुलीका १ सय ५७ जना, तुलसीपुरका ४९ जना, लमहीका २४ जना, गढवा गाउँपालिका ३५ जना, राजपुरका १६ जना, राप्तीका १९ जना रहेका छन् । दंगीशरणका ३ जना, बबईका २० जना र शान्तिगरका १५ जना कोरोना संक्रमित उपचारपछि घर फर्किका जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जानकारी दिएको छ । संक्रमितहरुमध्य जिल्लामा अब ३६ जनाको उपचार भइरहेको छ ।

केन्द्रका अनुसार कोरोना विशेष अस्पताल बेलझुण्डीमा १८ जना र देउखुरी आइसोलेसन सेन्टर लालमटियामा १८ जनाको उपचार भइरहेको छ । १ जनालाई कोरोना विशेष अस्पताल बेलझुण्डीबाट उपचारका लागि बुटवल रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार