दाङ : दाङमा यस बर्षदेखि बगर वन अभियान शुरु भएका छ । डिभिजन वन कार्यालय दाङले यस बर्ष जिल्लाका विभिन्न स्थानमा रहेको बगरलाई वन बनाउने अभियान थालेको बताएको छ । नदि कटान भई बगरमा परिणत भएको १६० हेक्टरमा विभिन्न जातका विरुवाहरु लगाएको कार्यालय प्रमुख दिपक ज्ञवालीले बताए । सोमवार तुलसीपुर १३ बखरियामा करिब १५ विगाह बगरमा बृक्षारोपण गरिएको उहाँले बताउनुभयो । बगरलाई बन बनाउँदा स्थानियहरु उत्साहित भएको र भन्दै दाङमा आफु्हरुले थालनि गरेको अभियानले अन्य जिल्लाको लागी सिकाई हुने उनले बताए ।
त्यसैगरी बगरलाई वन बनाउनदाँ हरियाली हुने र नदिको कटान पनि रोकिने उहाँले बताउनुभयो । बगर वन बनाउन यस बर्ष २ लाख विरुवाहरु रोपेको उनले बताए । त्यसैगरी बृक्षारोपण कार्यक्रममा सहभागी भएकी प्रतिनिधी सभा सदस्य सुजिता शाक्यले रुख रोपेर मात्र नभई संरक्षण गरी हुर्काएर प्रतिफल लिने काममा लाग्नु पर्ने बताईन् । उनले २०/२२ बर्ष पहिले भन्दा अहिले जिल्लामा धेरै हरियाली भएको भन्दै बगर रुख मात्र नभई फलफुल, विभिन्न किसीमका फुलहरु रोपेर पर्यटकिय केन्द्र बनाउनु पर्ने बताईन् ।
त्यसैगरी प्रदेश ५ का प्रदेशसभा सदस्य एवं लेखासमितीका सभापति डिल्ली बहादुर चौधरीले बगर वनलाई बनाउन रर ब्यवसायकिकरण गर्न जरुरी भएको बताए । उनले खयरका रुखहरु रोपेर आम्दानी गर्न धेरै समय लाग्ने भएकाले यस भित्र अन्य कुनै ब्यवसाय गरी फाइदा लिनु पर्ने सुझाव दिए । झरणा सामुदायिक वन उपभोक्ता समितीले उक्त ठाउँमा पहिला सिसौँका विरुवा लगाएको भएता पनि २०७१ र २०७४ सालमा बबई नदिमा आएको बाढिले बगरमा परिणत गरेदेखि गौ चरण हुदै आएको उक्त ठाउँमा वन कार्यालयको सहयोगमा वन बनाउन पाउँदा खुशी लागेको समितीका अध्यक्ष डिल्ली बहादुर रावतले बताए ।
यता स्थानियहरु पनि बगरलाई वन बनाउन पाउँदा खुशी भएका छन् । बगरमा वन भए नदि कटान रोक्न र प्राकृतिक हराभरा हुने भन्दै वन संरक्षण गर्न सके करिब ५ सय घरपरिवारलाई फाइदा हुने स्थानिय हरिहर पौडलेले बताए । बृक्षारोपण कार्यक्रममा प्रदेशसभा सदस्यद्धय विमला वली, शंकर गिरी, तुलसीपुर उपमहानगरपालिकाकी कार्यबाहक मेयर माया शर्मा, वडा नम्बर १३ का अध्यक्ष डम्बर बहादुर न्यौपाने लगाएतका बोलेका थिए । त्यसैगरी जनप्रतिनिधीहरु , नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी लगाएतको सहभागित रहेको थियो ।