तुलसीपुरका थप ५ जनामा कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ साउन १२ गते सोमवार

तुलसीपुर :  तुलसीपुरका थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बाँकेको  भेरी अस्पतालमा गरिएको परिक्षणमा सोमबार ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स‌क्रमित सबै क्वारेन्टाइनमा बस्दै आएका थिए। स‌क्रमितहरु भारतबाट आएर मा‍वि कालाखाेला, जनता संस्कृत मावि विजौरी र सेन्टर मावि तुलसीपुरको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

अस्पतालका अनुसार संक्रमण पुष्टि हुनेमा वडा नम्बर १३ का १६ वर्षका एक जना पुरुष रहेका छन् भने वडा नम्बर १४ का ४ जना पुरुष रहेका छन् । जस अनुसार ३६ वर्ष का २ जना, २४ र ३१ वर्षका एक-एक जना रहेको अस्पतालले जारी गरको सूचनामा जनाइएको छ । तुलसीपुरमा काेराेना संक्रमितकाे संख्या ६२ पुगेकाे छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार