केपी ओली सरकार पूर्णरुपमा असफल : पूर्वमन्त्री गिरी

Author Logo..
अनलाइन राप्ती २०७७ साउन ११ गते आइतवार

सुशिल बस्नेत

दाङ : पूर्वमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले केपी शर्मा ओली नेतृत्वको दुई तिहाई बहुमतको नेकपा सरकार पूर्णतया असफल सिद्ध भइसकेको बताए । आइतबार घोराही उपमहानगरपालिका ७ सौडियारका स्वर्गीय यम बहादुर चौधरीको श्रद्धाञ्जली कार्यक्रममा पूर्ब सिचाई मन्त्री गिरीले कम्यूनिष्टहरु जनतालाई झुक्काउने,राष्ट्रियताको खोक्रो नारा लगाउने बाहेक अरु गर्न नसक्ने आरोप लगाए ।

दुई तिहाई बहुमत पुग्ने सम्मको मतदान गर्ने जनता नै नेकपाको सरकारले गरेका कामले निरास भएको उनले बताए ।  उनले सरकार भ्रष्टचार काण्ड, जग्गा काण्ड, वाइडबडी काण्ड, ओम्नी काण्ड, स्वास्थ्य उपकरण खरिद काण्ड जस्ता काण्डै काण्डमा फसेको जिकिर गरे । तर नेपाली काँग्रेस पार्टीको क्रियाशीलता,राष्ट्रियता प्रतिको स्पष्ट नीति,सुशासन र विकास प्रति समर्पणका कारण चारतारे झण्डामुनी बस्न युवाहरुको ईच्छा बढदै गएको आफूले पाएको बताए ।

वर्तमान सरकारले कोरोना भाइरस महामारीबाट जनतालाई जोगाउन रचनात्मक कुनैपनि कार्यक्रम गर्न नसकेको उनले आरोप समेत लगाए ।
५५ बर्षको उमेरमा निधन भएका चौधरीको स्मृतिमा आयोजित श्रद्धाञ्जलि सभामा गिरी सौडियार गएका थिए ।
नेता गिरीले दाङ बसाईका क्रममा बिभिन्न कार्यक्रममा सरीक हुने उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार