शरद रेग्मी
तुलसीपुर , ११ साउन : दाङ तुलसीपुर क्षेत्रका ब्यबसायिहरुले बजार क्षेत्रमा तत्काल सिसि क्यामरा र नगर प्रहरीको ब्यबस्थापन गर्न माग गरेका छन । आइतबार तुलसीपुर उद्योग बाणिज्य सघंले आयोजना गरेको छलफल कार्यक्रममा कोभिड १९ को ब्यबस्थापन र अपनाउनु पर्ने सतर्कतार आउदै गरेका चाडपर्बहरुमा सुरक्षा योजना बिषयक छलफल कार्यक्रममा बोल्ने बक्ताहरुले बजारमा तत्काल सिसि क्यामरा जडान गर्न स्थानिय सरकारसंग माग गरेका छन् ।
उनीहरुले बजारलाई ब्यबस्थित गर्न नगर प्रहरी , रात्री कालिन चौकिदारको उचित ब्यबस्थापन सुझाब दिएका थिए । सघंका उपाध्यक्ष मिनराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाकि कार्यबाहक एवं उपप्रमुख माया आचार्यले सबै सगंको सहकार्यमा आफुहरु अगाडि बढिरहेको बताईन् । उनले बजार क्षेत्रमा सिसि क्यामरा जडानको प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै अब बिलम्ब नहुने प्रतिबद्धता ब्यक्त गरिन् ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिब बहादुर सिंहले बजारमा फाटफुट रुपमा भएका चोरीका घटनाहरुलाई प्रहरिले गम्भिरतापुर्बक अनुसन्धान गरेर चोरहरु पक्राउ गरिसकेको भन्दै पिडित पक्षबाट जाहेरी दिन नमान्दा घटनाहरु बारम्बार दोहोरिएको बताए । उनले पछिल्लो समय तुलसीपुर क्षेत्रलाई शान्त र सुरक्षित बनाउन बिभिन्न योजनाहरु लागु गरेर काम थालनी गरिसकेको समेत जानकारी दिए ।
कार्यक्रममा शसस्त्र प्रहरी बेश क्याम्पका प्रमुख टेकराज पोख्रेल , ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता चक्र डमरपाल, संघका सल्लाहकार नारायण प्रसाद खनाल, बरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसे,उपाध्यक्ष ललितजगं शाह ,प्रेस सल्लाहकार शरद रेग्मी,ब्यबसायिहरु नरेश राज भण्डारी,जनक रावत,संगित बस्याल,बसन्त खड्गी ,तिर्थ डागि,बैजनाथ यादब, लगाएतले आआफ्नो धारणा राखेका थिए । कार्यक्रमको सहजिकरण महासचिब रुपबहादुर खत्रीले गरेका थिए ।