दाङमा गत आर्थिक बर्षमा लागु औषधका ३२ वटा मुद्धा दर्ता

Author Logo..
अनलाइन राप्ती २०७७ साउन ९ गते शुक्रवार

दाङ : दाङमा गत आर्थिक बर्षको मसान्तसम्म दाङमा लागु औषधका ३२ वटा मुद्धा दर्ता भएका छन् ।
आर्थिक वर्ष २०७६÷७७ को अषाढ मसान्त सम्म दाङमा १ सय ८ ग्राम २ सय ८ मिलीग्राम ब्राउन सुगर सहित २७ जना पुरुष र ५ जना महिला पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यस्तै ११ के.जी. १६ ग्राम चरेश सहित ८ जना पुरुष , ८ के.जी. ५ सय ५० ग्राम अफिम सहित १ पुरुष र १ महिला,१ जना पुरुषका साथबाट २ के.जी. ५ सय ८० ग्राम गाँजा बरामद गरीएको छ ।  त्यस्तै,२ जना पुरुष सहित मनोदिपक पदार्थ नाईट्राभेट २६ ट्याबलेट, ट्रामाडोल १०० ट्याबलेट बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार