तुलसीपुर : तुलसीपुर उद्योग बाणिज्य संघको आगामी नेतृत्वको लागि विभिन्न ब्यक्तिहरुको चर्चा चलिरहेको बेला बर्तमान उपाध्यक्ष मिनराज भण्डारीले पनि आफु नेतृत्वको लागी तयारी अवस्थामा रहेको बताए । मंगलवार तुलसीपुरमा पत्रकारहरु संग कुराकानी गर्दै भण्डारीले बाणिज्य संघमा विभिन्न पदमा ३ कार्यकाल सम्म रहेर काम गरेको भन्दै अबको नेतृत्व लिन आफु तयार भएको उनले बताए ।
आफु ब्यवसाय गर्दा होस वा ३ कार्यकाल सम्म संघको विभिन्न पदमा रहदाँ यहाँका ब्यवसायीहरुको पिर मर्का बुझेको भन्दै उनले आफुले नेतृत्व गरे उनीहरुको समस्या समाधन गर्ने बताए । २०६८ सालदेखि तुलसीपुर उद्योग वाणिज्य संघमा सदस्य पदमा त्यसपछि सचिव र अहिले उपाध्यक्षमा भएको भन्दै उनले आफुले नेतृत्व गर्न पाए सबै ब्यवसायीलाई एकै ठाउँमा राखेर बढ्न सक्ने उनले बताए । त्यसैगरी उनले आफु बाणिज्य संघमा मात्र नभई विभिन्न संघ संस्थाहरुमा समेत रहेर काम गरेको भन्दै आफ्नो स्वार्थको लागी नभई ब्यवसायीको हकहितको लागी लड्न आफु तयार रहेको समेत बताए ।
असोज महिना भित्र बाणिज्य संघको निर्वाचन हुने पक्कापक्की भएपछि नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) बाट बर्तमान बरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसे, पूर्व बरिष्ठ उपाध्यक्ष खगेन्द्र पोख्रेल र वर्तमान महासचिव रुप बहादुर खत्रीको पनि चर्चा छ । त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट वर्तमान उपाध्यक्ष ललित जंग शाह, विजय कुमार केसी र अनुप कुमार श्रेष्ठ को पनि चर्चामा छ ।