दाङमा ट्राफिकले जथाभाबी पार्किङ गरे ह्वील लक गर्ने (फोटो फिचर)

Author Logo..
अनलाइन राप्ती २०७७ साउन ६ गते मङ्गलवार


दाङ :  दाङमा पहिलो पटक ट्राफिक प्रहरीले ह्वीललक गरेर सवारी साधनलाई कारबाही गर्ने भएको छ । बजारमा जथाभावी रुपमा सवारी पार्किङ गरेका पाईएमा ह्वीललक गरेर कारबाही गरिने प्रहरीले जनाएको छ । दाङको तुलसीपुर, घोराही र लमहीमा ट्राफिक प्रहरीले ह्वीललक मार्फत कारबाही गर्ने भएको छ । त्यस्तै मंगलवार ट्राफिक कार्यालय तुलसीपुर र ईलाका प्रहरी कार्यालय तुलसीपुरले बजार विभिन्न स्थानमा सचेतना गराउनको लागी नमुना गरेको थियो ।

एक ÷ दुई दिन सम्म ट्राफिक प्रहरीले सचेतना गराउने र यदि अटेरी गरी जथाभावी रुपमा सवारी साधन पार्किङ गरेमा ह्वील लक गरिने कारबाही गरी ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख चन्द्र केसीले बताए । यो संगै अब पसल धनी, बैंकका कर्मचारीहरुले आफनो पसल अघि घन्टौसम्म जिप कार रोक्न पाउने छैनन्, भने सेवा ग्राहीले पनि आवागमन अवरुद्ध हुने गरि पार्किङ गर्न नपाउने उनले बताए ।

मोटरसाईकलको हकमा भने ट्राफिक संकेत गरेको स्थानमा मात्रै पार्किङ गर्न पाईने छ । सवारी पार्किका लागि पश्चिम तर्फ बस पार्क, सल्यान रोडमा कर कार्यालय पछाडि र दक्षिण तर्फ विष्णु चलचित्र हल नजिकै पार्किङको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार