काठमाडौं, ६ साउन : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापक नेता स्वर्गीय वीपी कोइरालालाई सानो देशको अग्लो व्यक्तित्व भएको दूरदर्शी नेता भएको बताए । स्वर्गीय कोइरालाको ३८ औं स्मृति दिवसको अवसरमा पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले आयोजना गरेको कार्यक्रमलाई ‘जुम’ मार्फत सम्बोधन गर्दै सभापति देउवाले कोइरालाले देखाएको बाटोमा इमान्दार ढङ्गले पछ्याएर मात्रै सबैको सम्मान र समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताए ।
‘ राष्ट्रमाथि संकट आउँदा आफ्नो जीवनको जोखिम मोलेर २०३३ सालमा वीपी स्वदेश फर्कनु भएको थियो’, उनले भो, ‘ आज राष्ट्रियताको प्रश्नमा मुलुकमा विशेष छलफल भइरहेका बेला वीपीको विचार र विश्लेषणकै माध्यमबाट हामीले राष्ट्रभित्र राष्ट्रिय एकता र मेलमिलापको भावना साथ समाधान पहिल्याउनु पर्दछ ।’