दाङ : तुलसीपुरका सञ्चार उद्यमी देवी प्रसाद धिताल हेमराज हत्याको फाईलको अध्ययन र अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ । मंगलबार स्वर्गीय धितालको १० औं स्मृती कार्यक्रममा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरिक्षक शिव बहादुर सिंहले २०६७ साल साउन ६ गते एक समूहले धितालको गोली हानि हत्या गरेको सम्बन्धमा बिगतमा गरिएको अनुसन्धान र बिश्लेषणलाई अध्ययन गरिरहेको सिंहले बताए ।
१५ दिन भयो,धिताल हत्याको फाईललाई अध्ययन गर्न शुरु गरेको उनले बताए । ईलाका प्रहरी कार्यालयमा सरुवा भई आएको झण्डै डेढ महिनको अवधिमा लकडानका कारण अन्य बिषयमा र बाँकी १५ दिन पछि अनुसन्धान फाईललाई अध्ययन गरीरहेको जानकारी दिए । धिताल हत्याका सम्बन्धमा २०६७ सालमा तत्कालीन एआईजी किरण गौतम नेतृत्वको अनुसन्धान टोली लगायत अनुसन्धानमा खटिएका सुरक्षाकर्मीको समूहले ९८ प्रतिसत प्रहरीले सफलता हासील गरीसकेको दावी गरेको थियो । बाँकी २ प्रतिसत सार्वजनिक गर्न बाँकी रहेको बताएपनि उनको स्मृतीको १० औं बर्ष सम्म प्रहरीले अनुसन्धानको टुङगो लगाउन भने सकेको छ्रैन ।
धितालको स्मृतीमा तुलसीपुर स्थीत त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिको परिसरमा आयोजीत कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले ९ औ स्मृती कार्यक्रममा गरीएको प्रतिबद्धता पुरा गर्न नसकेको स्वीकार गरे । तर अनुसन्धान भने जारि रहेको उनले बताए । अनुसन्धानको सवै काम प्रहरीले गर्ने भएकाले को को अनुसन्धानको घेरा छन्,कति लाई गरीयो भनेर समेत सोध्न समेत नमिल्ने भएकाले अनुसन्धानको सवै जानकारी सार्वजनिक रुपमा भन्न नमिल्ने बताए । बर्षौ अघिका अपराधहरुलाई अनुसन्धानको निरन्तरताले अपराधि सम्म पुगेका थुपैं घटनाहरुको उनले स्मरण गराए ।
कार्यक्रममा स्वर्गीय धितालकी छोरी मनिषा धितालले बुवाको हत्यारा पत्ता लगाउन प्रहरी प्रशासनलाई आग्रह गरिन् । प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद रजौरियाको अध्यक्षता तथा दाङ जिल्लाका प्रमुख गोविन्द प्रसाद रिजालको प्रमुख आतिथ्यता रइलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिववहादुर सिंहको विशिष्ट आतिथ्यतामा स्वर्गीय धितालको शालिकमा माल्यापर्ण गरीएको थियो ।
प्रालिको प्राङगणमा रहेको स्वर्गीय धितालको शालिकमा माल्यापर्ण गरीएको हो । स्मृतिको अवसरमा नेपाल रेडक्रस सोसाईटी दाङ शाखाको रक्त सञ्चार केन्द्र तुलसीपुरको प्राबिधिक सहयोग तथा प्रालिका पदाधिकारी,कर्मचारी तथा मजदुर गरि १९ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा सुवर्ण डाँगी,कमल वली, केशर वहादुर चन्द, विरेन्द्र चन्द, सुजित लामिछाने,वामदेव लामिछाने, किरण वहादुर वम,अर्जुनजंग केसी, अमित देवकोटा,श्याम वस्नेत, आशा वस्नेत, वेद वहादुर खत्री पोखरराज वली, हरी खड्का, विशाल विक, राजेश पुन, प्रितम श्रेष्ठ,दीपकराज कार्की, जानुका रजौरेले रहेका थिए । कोरोन १९ का कारण देशभर लकडाउन लागू भईरहेको परिस्थीतिमा यसअघि हुदै आएका अन्य औपचारिक कार्यक्रम भने यसपटक गरिने छैन ।
परिस्थीति सामान्य हुदै गएमा विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने ब्यक्तिलाई छनौट गरि पुरस्कृत र सम्मान गर्न बाँकी रहेका अन्य औपचारिक कार्यक्रम पनि गरिने छ । २०६७ साउन ६ गते सावीक उरहरी गाबिसको हेमनगरमा अपरान्ह् साँढे ५ बजेतिर एक समूहले उहालाई गोलि हानि हत्या गरेको थियो । तर हत्या भएको एक दशक पुगि सक्दा पनि कस्ले र किन हत्या गरेको हो भन्ने खुल्न सकेको छैन । राप्ती सञ्चार सेवाद्धारा सञ्चालित रेडियो तुलसीपुरका तत्कालीन अध्यक्ष धिताल तथा बिभिन्न संघसंस्थामा आबद्ध थिए ।