काठमाडौं : सरकारले जारी लकडाउन खुकुलो पार्दै एक जिल्लाबाट अर्को जिल्लामा यात्रुवाहक बस सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बसेको बैठकले यसबारे निर्णय गरेको हो । सामाजिक दूरी कायम राख्नुका साथै स्वास्थ्य सुरक्षा सर्तकता अपनाउँदै छोटो दूरीका अन्तर जिल्ला यात्रुबाहक बस सञ्चालन गर्न दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि सरकारले एउटा जिल्लाभित्रमात्रै स्वास्थ्य सुरक्षा सर्तकता अपनाएर बस सञ्चालन गर्न दिने निर्णय गरेको थियो । यो नियम उपत्यकाको हकमा भने लागू थिएन । यस्तै आगामी भदौ १ गतेदेखि सरकारले हवाई उढानपनि थाल्ने भएको छ ।यसैबीच सरकारसँग विभिन्न माग राखी बस सञ्चालनमा असहयोग गर्दै आएका यातायात व्यवसायीहरु पनि सार्वजनिक बस सञ्चालन गर्न सहमत भएका छन् ।
स्रोत : रातो पाटी