दाङ : दाङका २ जनामा सोमवार कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्ज बाँकेमा गरिएको पिसिआर जाँचमा बबई गाउँपालिका वडा नम्बर ६ ३५ बर्षिय पुरुष र १८ बर्षिया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै दाङमा कोरोना संक्रमितको संख्या ६ सय ४५ पुगेको छ । ति मध्य अहिले सम्म ५ सय ९० जना जना कोरोना मुक्त भैसकेका छन् । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार क्वारेन्टाईनमा ३ सय ३० जना रहेका छन् ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस