विप्लव समहुका कार्यकर्ता भनि करणी गर्ने  एक जना पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ साउन ५ गते सोमवार

तुलसीपुर :  तुलसीपुरमा विप्लव समहुका कार्यकर्ता भनि डर त्रास दिई जवरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर ८ का ४४ बर्षीय नारायण वलीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

आइतवार राती साढे ९ बजेतिर तुलसीपुर ४ रक्षाचौरमा डेरीगरी बस्ने २८ बर्षीय महिलालाई वलीले आफु विप्लव समुहको कार्यकर्ता भनी ति महिलाई डर त्रास दिई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको ईप्रका तुलसीपुरका प्रवक्ता एवं प्रहरी निरीक्षण चक्र डमरपालले जानकारी दिए । वलीलाई पक्राउ गरि थप अनुसन्धान थालिएको र आवश्यक कार्वाही गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार