ब्यवसाय नविकरण सिसहनियाँ उद्योग बाणिज्य संघमै

Author Logo..
अनलाइन राप्ती २०७७ साउन ५ गते सोमवार

तिर्थराज ज्ञवाली
देउखुरी दाङ  : सिसहनियाँ उद्योग बाणिज्य संघको पहलमा राप्ती गाउँपालिका तथा आन्तरिक राजश्व कार्यालय तुल्सीपुरद्धारा ब्यवसाय नविकरण तथा प्यान नविकरणको. काम सुरु गरिएको छ । सोमवारदेखी करिव ४ दिन विहान ९ः ३० बजेदेखी सिसहनियाँ उद्योग बाणिज्य संघको कार्यालयमा नविकरण टोलि बस्ने भएकोले आ आफ्नो उद्योग, ब्यवसायको नविकरण गर्न सिसहनियाँ उद्योग बाणिज्य संघका अध्यक्ष शान्तराज भण्डारीले सबै उद्योगी ब्यवसायीहरुलाई अनुरोध गरेका छन् ।

छाता संगठन उद्योग बाणिज्य संघको पहलमा नेपाल सरकारले कोभिड १९ बाट पिडीत उद्योगी ब्यवसायीहरुलाई बार्षिक कर तथा नविकरण शुल्कमा उल्लेख्य छुट समेत दिएकोले समयमै आ आफ्नो उद्योग, ब्यवसायको नविकरण गर्न अनुरोध गरिएको हो । आफ्नो उद्योग, ब्यवसायको नविकरण गर्दा सिसहनिया उद्योग बाणिज्य संघको सदस्यता समेत नविकरण गर्नु आवस्यक रहेकोले सिसहनिया उद्योग बाणिज्य संघको सदस्यता प्रमाण पत्र, राप्ती गाउँपालिकामा ब्यवसाय दर्ता गर्दाको प्रमाणपत्र र प्यान दर्ता प्रमाणपत्र समेत ल्याउन अनुरोध गरेको महासचिव ईश्वरी अधिकारीले बताए ।

उद्योग, ब्यवसायको नविकरण सुरक्षाका दृष्ट्रिकोणले तथा सरकारको नियमको पालना गर्न आवस्यक रहेको भन्दै संघले आफ्नो कार्यक्षेत्रमा माईकिङ गरेर उद्योगी ब्यवसायीहरुलाई उद्योग, ब्यवसायको नविकरण गर्न अनुरोध गरिएको सचिव मदन पोख्रेलले जानकारी दिए ।
उद्योग, ब्यवसायको नविकरण गर्न आउनहरुले कोभिड १९ बाट बच्न मास्क लगाउने, सेनिटाईजरको प्रयोग गर्न लगाईएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार