यसपालि हरियो पहिरन कमै देखिए पनि सामाजिक दुरी र मास्क प्रयोग

Author Logo..
अनलाइन राप्ती २०७७ साउन ५ गते सोमवार

दाङ,५ साउन : आज साउनको पहिलो सोमबार । साउन महिनाको सोमबार हिन्दुधर्मालम्बीहरू यस माहिनालाई विशेष महिनाको रूपमा मनाउने गर्दछन् ।  हिन्दु धर्मावलम्बीका लागि सोमबारको दिन विशेष महत्वको दिन हो । यस दिन धेरै महिलाहरु भगवान शिवको व्रत बस्दछन् ।  यस महिना विशेष रूपमा भगवान् शिवको पुर्जा अर्चनाका साथ ब्रत बस्ने परम्परा रही आएको छ ।
महिलाहरू हरियो पहिरनमा सजिनुका साथै, हरियो चुरा र हातमा मेहन्दी लगायर यस महिना आयको महसुस गराउदछन् भने भगवान् शिवको पूजा गरी ब्रत बस्ने गर्दछन् भने पुरुषहरू पनि पहेलो वस्त्रमा सजियर शिवको मन्दिर पूजा अर्चनाका लागी जाने गर्दछन् । तर यसपालि हरियो पहिरनमा सजिएको भने कमै देखिएको छ ।

सोमबार ब्रत बस्ने दिनभर भगवान् शिवको पूजा गर्ने अनि बेलुका चोखो खानेकुरा खाने जसमा विशेष गरी कर्कलो खायर ब्रत त्यस दिनको समाप्त गर्ने गर्दछन् । शिव जस्तै वर पाम भनी पनि ब्रत बस्ने गरेको पाइन्छ ।  विवाहित महिला आफ्नो घरपरिवार र श्रीमानको स्वास्थ्य लाभको कामना गदै ब्रत बस्ने गर्दछन् भने् अविवाहित महिला राम्रो श्रीमान तथा शिवजी जस्तो वरपाम भनी ब्रत बस्नुको साथै आफ्नो परिवारको सुख शान्तिको कामना गर्दै ब्रत बस्ने गर्दछन् ।

साउन महिना भर चोखो खाएर माछामासु नखाई कन शुद्ध भएर बस्ने गर्दछन् भने कतिजना त लसुन प्याज तथा बिटुलो मानिने कुनै पनि खानेकुरा नखाइकन पुरा १ महिना शुद्ध चोखो खाएर साउन महिना भर बस्ने गर्दछन् । यसरी १ महिना सम्म ब्रत बसेर साउन महिना मनाउने गर्दछन् । बोलबम पनि यही साउन महिनामा जाने गर्दछन् । अघिल्ला वर्षहरुमा झै यसबर्ष मन्दिरमा दर्शनार्थीको घुईंचो भने कम लागेको छ ।

Set featured image

कोरोना भाइरसको जोखिमका कारण गएको चैत ११ गतेदेखि नै बन्द गरिएको मन्दिर आज पनि राम्रोसँग खुल्न सकेका छैन ।
सरकारले भिडभाड हुने सार्वजनिक ठाउँ, मन्दिर, विद्यालय लगायत नखोल्ने निर्णय गरेकाले साउन महिनाको पहिलो सोमबार भए पनि दर्शनार्थीका लागि मन्दिर नखुल्ने जनाएको छ । दर्शनार्थीको आस्थाको सम्मान गर्दै कोरोनाको जोखिम उच्च रहेकाले मन्दिरमा सर्तकता अपनाई केही मन्दीरहरु खुल्ला गरिएको छ ।

तुलसीपुर स्थीत त्रिशिद्धेश्वरी मन्दिरमा दर्शनार्थीहरुलाई सामाजिक दुरी कायम गराई पुजा गर्ने ब्यबस्था मिलाइएको मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष देवराज धितालले बताए । दर्शनार्थीहरुलाई मास्क लगाउन र सामाजिक दुरी कायम गरि मन्दीरमा प्रबेश गर्न दिइएको अध्यक्ष धितालले बताए ।

मन्दीरमा एक हजार भन्दा बढी दर्शनार्थीहरुले पुजा गरेका समितिका सहसचिब निर्मल नेपालीले जानकारी दिए । समितिकै पदाधिकारीहरु सामाजिक दुरी कायम गर्न खटिएको सचिब होमप्रसाद शर्माले बताए  ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार