दाङमा आइतवार थप ३ जनामा कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ साउन ४ गते आइतवार

दाङ :  दाङमा आइतवार थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर जाँचमा लमही नगरपालिकाका ३ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा लमही १ का ६३ बर्षिय पुरुष, वडा नम्बर ५ का ३३ बर्षका पुरुष र वडा नम्बर ७ का २१ बर्षिय पुरुष रहेका छन् । यो सँगै दाङमा कोरोना संक्रमितको संख्या ६ सय ४३ पुगेको छ । यसैविच भेरी अस्पतालमै गरिएको परिक्षण रोल्पाका ४ जनामा कोरोना देखिएको छ । सुनिल स्मृती गाउँपालिका वडा नम्बर ३ का १३ र २३ बर्षका पुरुष रहेका छन् ।

त्यस्तै सोही गाउँपालिकाकै वडा नम्बर ८ का २० र ३६ बर्षमा पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । उता सल्यानको शारदा नगरपालिका २४ र ३९ बर्षका दुई पुरुषमा पनि कोरोना देखिएको अस्पतालले जनाएको छ । साथै कोहलपुर नगरपालिका २ का ३९ बर्षका एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ । अस्पतालमा वितेको २४ घण्टामा ३ सय जनाको पिसिआर जाँच गर्दा १० जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार