प्रतिभा टोलमा बृक्षारोपण

Author Logo..
२०७७ साउन ३ गते शनिवार


लक्ष्मण बस्नेत
तुलसीपुर :
प्रतिभा टोल विकास संस्था तुलसीपुर ५ ङ लाईनमा सनिवार बृक्षारोपण गरिएको छ । तुलसीपुर उपमहानगर को ग्रीन क्लिन अभियान अन्तरगत उपमहानगरको आर्थिक एवं प्राबिधिक सहयोग तथा टोल विकास संस्थाको सयोजनमा बृक्षारोपन गरिएको हो । उपमहानगरपालिकाका वातावरण सयोजक एवं वडा न ६ का अध्यक्ष नवराज लामिछानेले कपुर जात को बिरुवा रोपेर बृक्षारोपण को सुरुवात गरिएको थियो ।

संस्थालाई सुन्दर हरियाली र वातावरण मैत्री बनाउने उदेश्यका साथ गरिएको बृक्षारोपणमा राज वृक्ष, बज्रदन्ती, बिरेन्द्र फुल, राउण्ड धुपी, कल्पिफुल, गुलमोर निम,लहरेअशोक,श्रीखण्ड,कपुर,चादनी,कामनी फुल सेतो,रुद्राक्ष,ज्याग्रण्डा निलो फुल लगाएतका १४ प्रजातिका बिरुवा रोपिएको छ ।


बृक्षारोपणको औपचारिक कार्यक्रम संस्थाका अध्यक्ष प्रेम योगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका वातावरण सयोजक एवं वडा न ६ का अध्यक्ष लामिछानेको प्रमुख आतिथ्य एवं ग्रीन तुलसीपुर क्लिन तुलसीपुर अभियानका अभियान्ता बिमल रिजालको विशिस्ट आतिथ्यमा भएको थियो ।

सो अवसरमा तुलसीपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मिनराज भण्डारी, सदस्य टेक प्रकाश केसी ,टोल संस्थाका पदाधिकारी तथा साधारण सदस्य को उल्लेख्य उपस्थित रहेको थियो । कार्यक्रम संचालन संस्थाका सचिव लक्ष्मण बस्नेतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार