बाँके : बाँकेको कोहलपुरबाट प्रहरीले ४ किलो भन्दा बढि अबैध लागु औषध अफिम सहित १ जनालाई पक्राउ गरेको छ । शुक्रवार दिउँसो पौने ४ बजे कोहलपुर ११ स्थित गोलपार्कमा रहेको एल.बि. गेष्ट हाउसबाट जाजरकोट नगरपालिका १ घर भई हाल कोहलपुर २ आनन्दनगर बस्ने ४२ बर्षीय भबिलाल पुन मगरलाई ४ किलो १७४ ग्राम लागु औषध अफिम सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
गेष्ट हाउसमा अबैध रुपमा लागु औषधको कारोबार भईरहेको सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगंज तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले गेष्ट हाउसमा खानतलासी गर्दा उक्त लागु औषध भेटिएका प्रहरीले जनाएको छ । पक्राउ परेका पुन मगरको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।