काठमाडौं : कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिकाका वडा नम्बर छ का ७२ वर्षीय वृद्ध रहेका छन् । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति मृत्यु भएको हो ।
उनी मधुमेहका विरामी समेत रहेको अस्पतालले जानकारी दिएको छ । कोराना संक्रमणको पुष्टि भए पश्चात उनलाई बिहीबार दिउँसो अस्पताल भर्ना गरिएको थियो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस