तुलसीपुर उपमहानगरपालिकामा बैंकको काउण्टर

Author Logo..
२०७७ साउन १ गते बिहिवार

तुलसीपुर : तुलसीपुर उपमहानगरपालिकामा विहीवार देखि बंैकको काउण्टर सञ्चालन गरिएको छ । उपमहानगपालिकामा नगद विहिन अर्थात क्यासलेस बनाईएको हो । उपमहानगरपालिकाका तिर्नु पर्ने पैसा सेवाग्राहीहरुले अनिवार्यरुपमा बैकमा जम्मा गर्नु पर्नेछ ।


आर्थिक सुशासनका साथै बैकिङ्ग प्रणालीप्रति अभ्यस्त बनाउनका लागि उपमहानगरपालिकामा बैकको काउन्टर स्थापित गरिएको हो । काउन्टर राख्न इच्छुक बैकबाट आवेदन लिएर मेगा बैकलाई काउन्टर स्थापनाका लागि स्विकृति दिइएको उपमहानगरपालिकाका वित्तिय अधिकृत ललितवहादुर घर्तीले जानकारी दिए ।


गत वर्ष नै काउन्टर उद्घाटन गर्ने भनिए पनि राष्ट्र वैकसँगको प्रक्रियामा भएको ढिलाईका कारण यो वर्षबाट मात्रै सञ्चालन गर्न सकिएको बैंकको म्यानेजर राजन भण्डारीले जानकारी दिए । नगरप्रमुख पाण्डले अनौपचारिक कारोबारलाई रोक्नका लागि बैकिङ्ग प्रणालीको ठूलो महत्व हुने बताए ।
तुलसीपुर उद्योग वाणिज्य संघको निवर्तमान अध्यक्ष विमल रिजालले बैंकिङ प्रणालीले आर्थिक पारदर्शिता ल्याउने बताए ।
धेरै मानिस बैकको पहुँचबाट टाढा रहेको बताएका तुलसीपुर वैकर्सका अध्यक्ष सरोज लामिछानेले यसले उनीहरुलाई बैकिङ्ग प्रणालीसँग जोडेर लैजाने बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार