तुलसीपुर–घोराही सडक अन्र्तगत ३ वटा खोलामा पुल नहुदाँ नागरिकले सास्ती भोग्दै

Author Logo..
२०७७ साउन १ गते बिहिवार


दाङ : तुलसीपुर–घोराही र लमही सडक खण्ड अन्र्तगत धेरे खोलाहरुमा पुल निर्माण भए पनि अझै ३ वटा खोलामा पुल नहुदाँ नागरिकहरुले सास्ती पाउँने गरेका छन् । जसका कारण बर्षातको समयमा खोलाले सवारी साधन र मानिसलाई बाउने वा लामो समय सम्म आवात जावतमा प्रभाब पार्दथ्यो, भने अन्य महिनामा भने कच्वेमा लेउ लाग्दा सवारी साधान चिप्लेर दुर्घटना हुने गर्दछ । त्यसैगरी पत्रेखोलामा ५÷ बर्षदेखि २ वटा पिलरर मात्र ठडिएका छन् । उक्त खोलामा तोकिएको समयमा पुल निर्माण हुन नसक्दा नागरिकले सास्ती भोग्नु परेको छ । त्यस्तै हापुर र सेवार खोलामा पुल नहुदाँ बर्षायाममा यात्रा गर्दा धेरै जोखिम हुने गरेको छ ।


तुलसीपुरका शिव वलीले लमही पुगेर घर फर्कने क्रममा ३ वटा खोलामा बाढि आएका कारण दुख पाएको बताए । उनले बर्षायाम खोलामा बाढि आउँदा यात्रुहरुले धेरै दुख पाउने भन्दै तत्काल यसतर्फ राज्यले ध्यान दिनुपर्ने बताए । त्यसैगरी अटोरिक्सा चालक पुर्ण केसीले खोलामा समय मै पुल निर्माण नहुदाँ सास्ती भोग्नु परेको बताए ।


उनले लामो समयदेखि पत्रे खोलामा अलपत्र परेको निर्माणमा ठेक्दार पक्षको लापरबाही भएको भन्दै राज्यले ध्यान दिनु पर्ने बताए । तुलसीपुर – घोराही र लमही सडक खण्ड अन्र्तगत पर्ने खोलाहरु मध्य सबै भन्दा खतरा पत्रेखोला भएको ब्यवसायी विरेन्द्र खड्काले बताए । धेरै खोलाहरुमा पुल निर्माण भएको भएता पनि आम नागरिकहरुले भने विगतका बर्ष जस्तै सास्ती भोग्नु परेको भन्दै यसतर्फ सम्बन्धित निकायले ध्यान दिनु पर्ने बताए ।

सडक डिभिजन कार्यालय दाङका प्रमुख निरज शाक्यले लामो समयदेखि अलपत्र पत्रेखोलाको पुल निर्माण प्रक्रिया अगाडी बढेको बताए । उक्त पुल निर्माण कम्पनी शंकर माली कन्ट्रक्सनले २०७७ साल पुस २२ गते सम्म समय तोकिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार