दाङ : ईलाका प्रहरी कार्यालय तुलसीपुरले विप्लव पार्टीको नामबाट व्यापारीसंग ८ लाख बढी रकम चन्दा माग्ने २ जनालाई पक्राउ गरेको छ । बबई गाउँपालिका ५ हापुरे निबासी गौतम टेडर्सका संचालक निमकान्त गौतमसंग ८ लाख ६५ हजार रकम चन्दा मागेको आरोपमा सोही ठाउँ निबासी २९ बर्षका भास्कर वली र केवल भन्ने कृष्ण वलीलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
असार २४ गते घरको मुल ढोकामा विप्लव पार्टीको नामबाट ८ लाख ६५ हजार ३ दिन भित्र बुझाउने पर्ने भन्दै पत्र छोडेका आरोपीले असार २६ गते राती तोकेको रकम नदिए सन्तान नै सखाप पारिदिने चेतावनी दिएको प्रहरीले बताएको छ ।
प्रहरीले केबललाई सोमबार र भास्करलाई मंगलबार बिहान पक्राउ गरेको थियो । पक्राउ परेका दुबै जनालाई अपराधिक लाभ अन्र्तगत मुद्धा दर्ता गरेर अनुसन्धान अघि बढाएको ईप्रका तुलसीपुरका प्रवक्ता एवं प्रहरी निरीक्षक चक्र डमरपालले जानकारी दिए ।