टिमुर पकेट क्षेत्रमा बंगलाचुलीमा टिमुरको बिरुवा वितरण

Author Logo..
२०७७ असार ३१ गते बुधवार


दाङ : दाङको दुर्गम क्षेत्रको रुपमा रहेको बंगलाचुली गाउँपालिकामा डिभिजन वन कार्यालय दाङले टिमुरको विरुवा वितरण सुरुवात गरेको छ । टिमुर रोपण महाअभियान अन्र्तगत जिल्लामा एक लाख टिमुर रोप्ने लक्ष्य लिएको वन कार्यालयले गाउपालिका वडा नं ४ स्थित जूम्लेपानी सामुदायिक वन उपभोक्ता मार्फत उत्पादन गरेको १२ हजार विरुवाको वितरण गरिएको कमिरेचौर सव डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत संयोग बस्नेतले जानकारी दिए ।

गाउपालिकाका अध्यक्ष भक्त वहादुर वलीको प्रमुख अतिथ्यमा आयोजित कार्यक्रममा गाउपालिका अध्यक्षले स्थानिय टिमुर खेतीमा अग्रसर किसानलाई विरुवा वितरण गरि वंगलाचुलीमा टिमुर रोपण अभियानको सुरुवात गरेका थिए । दाङको पहाडि क्षेत्रमा टिमुर खेतीको सम्भावना अथक रहेकाले कोरोनाले निम्त्याएको वेरोजगारीको अवस्थामा गाँउगाँउमा भित्रीएका युवाहरुलाई टिमुर खेती मार्फत आर्थिक सम्वृद्धि तथा स्थानिय रोजगारी सृजना हुने हुदाँ टिमुर रोपणलाई व्यापक रुपमा अगाडी लैजान पर्नेमा गाँउपालिका अध्यक्ष वलीले बताए ।


प्रदेश सरकार अन्र्तगत डिभिजन वन कार्यालय दाङले यस वर्ष बंगलाचुली लगाएत घोराहीको सैघा, तुलसीपुरको छिल्लीकोट, प्रतापकोट लगाएतको उत्तरी महाभारत क्षेत्रका किसानहरुलाई निशुल्क रुपमा टिमुरको विरुवा उपलव्ध गराउने कार्यक्रम रहेकोमा बंगलाचुली गाउँपालिका सवैभन्दा ठुलो पकेट क्षेत्र रहेकाले त्यस क्षेत्रमा टिमुर विस्तार प्राथमिकतामा रहेको डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले बताए । कार्यक्रममा किसानको खेत खेतमा गएर वनका कर्मचारीले प्रशिक्षण दिदैछन्, टिमुर अभियानले जनतामा उत्साह ल्याएको हुदाँ अभियान सफल भैसकेको उनले बताए ।


कार्यक्रममा स्थानिय उपभोक्ता संग अन्र्तक्रियाको क्रममा टिमुरको वजारीकरण र खेतीका चुनौतीको वारेमा स्थानियले राख्नुभएको जिज्ञासामा अधिकृत ज्ञवालीले वन कार्यालयले आफ्नो वारीमा फलेको टिमुर बेच्न कुनै कानुनी जटिलता नरहेको, वन कार्यालयले यसको सरलीकरणमा भुमिका खेल्ने उनले बताए । हाल सम्म करिव चालीस हजार विरुवाको माग रहेको हुदाँ माग अनुसार विरुवा उपलव्ध गराउन चुनौतीको रुपमा रहेको तर वन कार्यालयले कसैलाई निरास बनाउदैन, ज्ञवालीले भने ।

कार्यक्रमको सहजीकरण कमिरेचौर सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत संयोग वस्नेतले गरेका थिए । दाङको विकट क्षेत्रको रुपमा रहेको वंगलाचुलीमा टिमुरको वितरणले स्थानियले आर्थिक विकासको आशा पलाएको पाइएको छ । टिमर वितरणको अभियानले दुर्गमताको साथसाथै कोरोनाको त्रासमा रहेका उपभोक्ता वन कार्यालयको अभियानवाट घरवाट निस्किएर आफ्नो खेतवारीमा काम गर्न जुट्न थालेको पाइएको छ

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार