तुलसीपुर ९ ले घर घरमा गई जेष्ठ नागरिकलाई सम्मान गर्दै

Author Logo..
२०७७ असार ३० गते मङ्गलवार


तुलसीपुर : तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ ले जेष्ठ नागरिकहरुलाई घर घरमा गई सम्मान गर्न लागेको छ । वडाले वडाभित्र रहेका जेष्ठ नागरिकहरुलाई दोसल्ला ओडाएर नगद सहित सम्मान गर्न लागेको वडाध्यक्ष घनश्याम ढकालले बताए । आर्थिक बर्ष २०७६/ ७७ को लक्षित कार्यक्रम अन्र्तगत नगद र दोसल्ला ओढाएर सम्मान गरेको उनले बताए ।

मंगलवार ८३ बर्ष भन्दा माथिका १५ जना जेष्ठ नागरिकहरुलाई घर मै गई प्रति ब्यक्ति १५ सय र दोसल्ला ओढाएर सम्मान गरेको वडाध्यक्ष ढकालले बताए । पछिल्लो समय जेष्ठ नागरिकहरुलाई घर परिवारबाट सम्मान भन्दा अपहेलित गर्ने भएकोले अब जेष्ठ नागरिकलाई हेला नभई सम्मान गर्नु पर्छ भन्ने सन्देश दिनको लागी वडाले सम्मान गरेको वडा सचिब यमनारायण सापकोटाले बताए ।

तुलसीपुर ९ श्रीनगरटोलीकी ९२ तुलसादेवि उपाध्यायले घरमै आई वडाध्यक्ष लगाएतको टिमले आफुलाई सम्मान गर्दा धेरै खुशी भएको बताईन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार