बाँकेमा मास्क नलगाई हिड्न एक सय जना प्रहरी फन्दामा

Author Logo..
२०७७ असार ३० गते मङ्गलवार


बाँके : जिल्ला प्रहरी कार्यालय बाँकेले जिल्लाका विभन्न ठाउँमा मास्क नलगाई हिड्ने एक सय जनालाई मंगलवार कारवाही गरेको छ । बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमण रोकथाम र नियन्त्रणका लागी नेपाल सरकारले गरेको निर्णय बमोजिम जिल्लाको बिभिन्न स्थानबाट मास्क प्रयोग नगरी हिड्ने११ जना महिला र ८९ जना पुरुषलाई नियन्त्रणमा लिई संक्रमण रोग ऐन २०२० बमोजिम प्रति ब्यक्ति एक सयको दरले जरीवाना तिराएको छ ।

जरीवानाबाट संकलण भएको दश हजार रुपैयाँ राजस्वको लागि जिल्ला प्रशासन कार्यालय बाँकेमा बुझाईएको प्रहरीले जनाएको छ । साथै बाँके प्रहरीले सम्पुर्ण नागरिकहरुलाई घर बाहिर निस्कदाँ अनिवार्य रुपमा मास्कको प्रयोग गर्न आग्रह गर्नुको साथै सामाजिक दुरी कायम गरी दिन हुन समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार