शान्तिनगर ७ खैरेनीका थापाले ३ महिनाको घरभाडा छुट दिए

Author Logo..
अनलाइन राप्ती २०७७ असार २७ गते शनिवार

शान्तिनगर : दाङमा एक ब्यक्तिले ३ महिनाको घर भाडा छुट गरेका छन् । शान्तिनगर गाउँपालिका वडा नम्बर ७ खैरेनीमा रहेको रहेको डी.पी. जी. ट्रेडर्सलाई घरधनी टोपेन्द्र बहादुर थापाले ३ महिनाको ६० हजार घरभाडा छुट गरिदिएको ट्रेडर्स संचालक दुर्याेधन वलीले बताए । कोरोनाको महामारीमा ब्यापार ब्यवसाय बन्द भएको बेला आफुलाई घरभाडामा छुट दिदाँ ठुलो राहत मिलेको उनले बताए ।

‘ मासिक २० हजार घरको भाडा हो ,’ उनले भने,‘ तर लकडाउनको कारण ब्यवयास बन्द थियो । घरधनी थापाले ३ महिनाको छुट दिदाँ आफुलाई धेरै खुशी लागेको छ । ’
त्यसैगरी अहिले कोरोनाको विषम परिस्थितिमा भार कम गर्ने अभिप्रायले आफुले सकेको सहयोग गरेको घरधनी थापाले बताए । ‘ लकडाउनको कारण सबै क्षेत्र लामो समयदेखि बन्द छन्,’ उनले भने,‘ जसका कारण सबैलाई समस्या भएको छ । अहिले ब्यापार ब्यवसाय बन्द उहाँहरु नै समस्या हुनु हुन्छ । यस्तो बेला सबैले एक अर्कालाई सहयोग गर्नु पर्दछ । ’

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार