तुलसीपुरमा सामुहिक बृक्षारोपन

Author Logo..
अनलाइन राप्ती २०७७ असार २७ गते शनिवार

शरद रेग्मी
तुलसीपुर : तुलसीपुर क्षेत्रमा कार्यरत ५ वटा सामाजिक सघं सस्थाहरुले राप्ती बबई क्याम्पसको परिसरमा शनिबार बिभिन्न जातका बिरुवा रोपेका छन् । बातावरण संरक्षण गर्दै तुलसीपुर क्षेत्रलाई हराभरा बनाउने उदेश्यले तुलसीपुर उपमहानगरपालिका र सामाजिक सघं सस्थाहरुले संयुक्त रुपमा बृक्षारोपनको अभियानलाई अगाडि बढाएका हुन् ।


रोटरी क्लब अफ तुलसीपुर सिटि, लायन्स क्लब अफ दाङ, लियो क्लब अफ दाङ ,रोट्रयाक्ट क्लब अफ तुलसीपुर र लायन्स क्लब दाङ त्रिशिद्धेश्वरी (महिला ) क्लबले राप्ती बबई क्याम्पसको प्रागनमा एक सय बढि बिरुवाहरु रोपिएको रोटरी क्लब अफ तुलसीपुर सिटिका अध्यक्ष सुरेश हमालले जानकारी दिए । लायन्स क्लब अफ दाङका अध्यक्ष समेत रहेका हमालको अध्यक्षता एंव रोटरी इनटरनेशल डिष्ट्रिक ३२९२ नेपाल–भुटानका पूर्व असिष्टेण्ट गभर्नर कुशल तर्तालको प्रमुख आतित्थ्यतामा भएको बृक्षारोपन कार्यक्रमको उद्घाटन सत्रमा बोल्ने बक्ताहरुले सामाजिक सस्थाहरुको सक्रियता र एकताले नै समाज रुपान्तरण गर्न सहयोग पुग्ने बताएका थिए ।

उनीहरुले हरेक सामाजिक संस्थाहरुको सक्रियताबाट नै समाजमा उदाहरणिय काम गर्न मदत पुग्ने बताएका थिए । कार्यक्रममा लायन्स क्लब डिष्ट्रिक ३२५ बिटु नेपालका प्रमुख सल्लाहकार बिनोद कुमार श्रेष्ठ, तुलसीपुर उद्योग बाणिज्य संघका महासचिब रुपब दाहुर खत्री ,क्याम्पस प्रमुख युवराज रावत, लायन्स क्लब दाङ त्रिशिद्धेश्वरीकि अध्यक्ष यमुना शाह, रोट्रयाक्ट क्लब अफ तुलसीपुर सिटिका अध्यक्ष प्रमिस लामिछाने, लियो क्लब अफ दाङका अध्यक्ष सन्तोष केसी ,लगाएतले सयुक्त रुपमा कार्यक्रम गर्दा एक आपसमा एकताको सन्देश प्रबाह भएको बताएका थिए ।


त्यस्तै कार्यक्रममा रोटरी क्लब अफ तुलसीपुर सिटिका पुर्ब अध्यक्षहरु अनुप कुमार श्रेष्ठ, सरसफाई अभियान्ता बिमल रिजाल,बिजय केसी ,बिरु रावत, ललित बहादुर घर्ती ,र तुफानबाबु श्रेष्ठले शुभकामना मन्तब्य राखेका थिए । त्यसैगरी कार्यक्रममा लायन्स क्लब अफ दाङका पुर्ब अध्यक्षहरु ललित जगं शाह, टेकन प्रसाद कडेल,उमेश मजगैँया, निबर्तमान अध्यक्ष यज्ञबहादुर केसी
लगाएतले बोलेका थिए । कार्यक्रममा रोट्रयाक्ट क्लब अफ तुलसीपुरका निबर्तमान अध्यक्ष नबिन राईले स्वागत मन्तब्य ब्यक्त गरको थिए, भने कार्यक्रमको सहजिकरण सचिब देबेन्द्र केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार