तुलसीपुरमा एक पसलमा आग लागी हुदाँ १५ लाख बराबरको क्षति

Author Logo..
अनलाइन राप्ती २०७७ असार २७ गते शनिवार

सांकेतिक तस्बिर

तुलसीपुर : तुलसीपुरमा एक खुद्रा पसलमा विद्युत सर्ट भई आग लागी हुदाँ १५ लाख बराबरको क्षति भएको छ । तुलसीपुर १७ भण्डारी चोक नजिकै सेवक बस्नेतको घरमा भाडामा देव बहादुर बस्नेतले सञ्चालन गरेको खुद्रा पसलमा शुक्रवार राति साढे ९ बजेतिर आगलागी हुदाँ १५ लाख बराबरको क्षति भएको ५ नम्वर प्रदेश प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

विद्युत सर्ट भई आगलागी हुदाँ सम्पुर्ण सामान जलेर नष्ट भएको १५ लाख बराबरको क्षति भएको कार्यालयका प्रवक्ता एवं एसएसपी राजकुमार बैदवारले जानकारी दिए । आगो झन्डै पौने एघार बजेतिर स्थानिय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिईएको हो । आगलागीबाट कुनै मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार