तुलसीपुरमा बालबालिकालाई रोटा विरुद्धको खोप सेवा दिईने

Author Logo..
अनलाइन राप्ती २०७७ असार २६ गते शुक्रवार

तुलसीपुर, आगामी साउन महिना देखी तुलसीपुरमा बालबालिकालाई रोटा विरुद्धको खोप सेवा दिईने भएको छ । झाडापखलाको संक्रमणबाट बच्नका लागी खोप दिन लागीएको हो । रोटा झाडापखलाको एक भाईरस हो ।

तुलसीपुर पमहानगरपालिका जनस्वास्थ्य निरीक्षक बिमल केसीका अनुसार छ हप्ता पुगेका बालबालिकालाई दिईने नियमित खोप अन्र्तगत रोटा विरुद्धको खोप दिन लागीएको हो ।
रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागी बालबालिकालाई दिईने विभिन्न खोप अन्र्तगत ६ हप्ता र १० हप्ता पुगेका बालबालिकालाई यस पटक यो खोप पनि दिन लागीएको हो ।

त्यसका लागी आबश्यक तयारी थालिएको निरीक्षक केसीले बताएका छन् । पहिलो चरणमा नगरका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई तालिम दिईएको छ । साथै नियमित खोप कार्यक्रममा सहभागी भएका खोपकार्यकर्तालाई पनि प्रशिक्षण दिएर परिचालन गरिने छ ।


बालबालिकाहरुलाई नियमित खोप लगाउन आएको समयमा रोटा विरुद्धको खोप पनि दिईने छ । नियमित रुपमा खोप दिदै आएका सरकारी स्वास्थ्य संस्था र केहि निजि अस्पतालबाट पनि खोप दिईने केसीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार