तुलसीपुर नगर सभाले यस्तो निर्णय गर्यो

Author Logo..
अनलाइन राप्ती २०७७ असार २६ गते शुक्रवार

तुलसीपुर : तुलसीपुर उपमहानगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को बजेट पारित भएको छ । सातौ नगर सभाको तेस्रो बैठकले यस्तो निर्णय गरेको हो । बैठकले अर्थ समिति संयोजक माधव वलीले प्रस्तुत गरेको आर्थिक विधेयक र लेखा समिति संयोजक राजु आचार्यले प्रस्तुत गरेको विनियोजन विधेयक पनि सर्वसम्मतले पारित गरेको छ ।

नगर सभाको बैठकले तुलसीपुर उपमहानगरपालिका अन्तर्गत सञ्चालन हुने योजनामा शहरी क्षेत्रमा कम्तीमा २५ प्रतिशत श्रमदान र ग्रामिण भेगमा कम्तीमा १० प्रतिशत श्रमदान गर्ने नीति समेत पारित गरेको छ ।

यो भन्दा अगाडी सबै क्षेत्रमा कम्तिमा २५ प्रतिशत श्रमदानको व्यवस्था गरिएको थियो । यसैगरी नगर सभाले वडा नम्वर ४ मजुवामा रहेको वडा कार्यालयलाई सबैलाई पायक पर्ने गरी बनहरीमा सार्ने निर्णय समेत गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका भित्र सुरक्षा व्यवस्थालाई सुदृढ पार्नका हरेक टोलमा टोल सुरक्षा समिति गठनका साथै अवैध घरेलु मदिरा नियन्त्रणका लागि १९ वटै वडामा प्रहरीसँग समन्वय गरेर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका भित्र रहेका कार्यकाल सकिएका सबै संघसंस्था र विद्यालय व्यवस्थापन समितिले लकडाउन घोषणा अन्त्य भएको ३ महिना भित्रमा अनिवार्य रुपमा निर्वाचन गर्नुपर्ने निर्णय सभाले गरेको छ ।


प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार