सुशिल बस्नेत
तुलसीपुर : ईलाका प्रहरी कार्यालय तुलसीपुरले अपराधिक घटना न्यूनिकरण तथा नियन्त्रणमा ७ सय ६३ जनाको पहिचान गरेको जनाएको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी ईप्रका तुलसीपुरका प्रमुख प्रहरी डिएसपी शिवबहादुर सिंहले ती मध्ये १ सय ७८ जनालाई कारर्बाहीको दायरमा ल्याइएको जानकारी दिए ।
उनीहरुलाई काउन्सीलिङ गर्ने,बुवा आमा,दाजु भाईसँग पुर्नमिलन र जीवन उपयोगी कुराहरु सिकाई घर फर्काउन काम गरिएको र केटाहरुको कानका मुद्रा फाल्न लगाउने र कपाल काट्ने काम ईप्रकाले गरेको डिएसपी सिंहले बताए ।
उनले मादक पदार्थ सेवन गरी सवारी साधन सञ्चालन गरेका दुई जनालाई सार्वजनिक अपराधमा अदालतमा कानूनी कारबार्ही शुरु गरिएको बताए । मापासे गरेका ब्यक्तिलाई अदालत सम्म पु¥याउने काम ईलाका प्रहरी कार्यालय तुलसीपुरमा पहिलो पटक भएको जानकारी दिए ।
टोल सुरक्षा समिति गठन गर्ने भावि कार्यक्रमको प्राथमिकतामा रहेको उनले बताए ।
यसबाट समुदायमा हुने सवैखोले अपराधमा न्यूनिकरण तथा नियन्त्रण हुने बिश्वास उनले बताए ।
ईलाका प्रहरी कार्यालयले आत्म हत्याका घटना र घरेलु मदिरा उत्पादनमा नियन्त्रण गर्न सोचे अनुरुप गर्न नसकेको उनले बताए । उनले भने, यसलाई नियन्त्रण गर्ने चुनौतिमा जनशक्तिको अभाव पनि पर्छ ।
गत जेठ तेस्रो साता बाँकेबाट सरुवा भई आएका प्रहरी डिएसपी सिंहले अवैद्य रुपमा गरिने नदिजन्य बस्तु उत्खनन् नियन्त्रण,टोले गुण्डा नियन्त्रण,जुवा तास नियन्त्रण,लागु औषध नियन्त्रण र प्रहरीको आचारणमा सुधार गर्ने प्रतिबता गरेका थिए । उनले ती प्रतिबद्धता केही पुरा गरेको र बाँकी नागरिक,राजनीतिकर्मी,ब्यबसायी,पत्रकार लगायतको सहयोगको अपेक्षा गरे ।