नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा दाङबाट रिजालको उम्मेदवारी दर्ता

Author Logo..
अनलाइन राप्ती २०७७ असार २४ गते बुधवार


शरद रेग्मी
दाङ, २४ असार :
निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेको छ । चैत अन्तिम साता हुनुपर्ने चुनाव कोरोना महामारीका कारण साउन २५ र २६ गतेका लागि सारिएको थियो । नयाँ मिति तय भएसँगै यतिबेला आकांक्षीहरूले दौडधुप तीव्र बनाएका छन् । विधानअनुसार महासंघको आगामी नेतृत्व शेखर गोल्छाले गर्ने पहिल्यै तय छ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था विधानमा भएकाले उनको नेतृत्व निश्चित रहेको हो । अबको मुख्य प्रतिस्पर्धा वरिष्ठ उपाध्यक्षमा केन्द्रित हुने छ ।


वरिष्ठ उपाध्यक्ष पदका लागि हालका उपाध्यक्षद्वय चन्द्र प्रासाद ढकाल र किशो प्रधान चुनावी मैदानमा उत्रिँदैछन् । उनीहरूले औपचारिक रुपमै उम्मेद्वारी घोषणा गरेर यतिबेला भेटघाटलाई तीव्रता दिएका छन् । आफ्नो पक्षमा माहोल बनाउन उनीहरू दुवै यतिबेला सक्रिय छन् ।
केन्द्रिय सदस्यमा दाङबाट रिजालको उम्मेदवारी दर्ता तुलसीपुर उद्योग वाणिज्य सघंका पूर्व अध्यक्ष सरसफाई अभियान्ता एंव सफल युवा ब्यबसायि बिमल रिजालले केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेर आफ्नो चुनाबि अभियानलाई पुनःतिब्रता दिने तयारीमा लागेका छन् ।


कोभिड १९ को महामारी भित्रियसंगै स्थगित भएको चुनाबि अभियान महासंघको पछिल्लो निर्णय सार्बजनिक भए पछि पुनः देशभर चुनाबि सर्गर्मी बढन थालेको हो । तुलसीपुर उद्योग बाणिज्य सघं लगायत देशभरीका निजि क्षेत्रले स्थानिय सरकारसंग मिलेर कोरोना नियन्त्रण अभियानमा महत्वपुर्ण भुमिका खेलि रहेको भन्दै केन्द्रिय सदस्य पदका उम्मेदवार बिमल रिजालले अझैपनि निजि क्षेत्रको भुमिका महत्वपुर्ण रहेको बताए । साथै भबिष्यमा आईपर्ने हरेक गतिबिधिहरु सगं जुधेर सामना गर्न आफुहरु निरन्तर लागि पर्ने रिजालले बताए ।


बेला बेलामा उत्पन्न हुने महामारी र प्रकोप नियन्त्रण गर्न स्थानिय सरकार र प्रशासनको भुमिकालाई प्रभाबकारी बनाउने प्रतिबद्धता निजिक्षेत्रबाट आए सगैं स्थानिय स्तरमा काम गर्न थप उर्जा थपिएको जनप्रतिनिधिहरुले जनाएका छन् । मगंलबार तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष बिर बहादुर रावतको अध्यक्षतामा बसेको आकस्मिक बैठकले पुन महासंघको केन्द्रिय सदस्यमा पूर्वध्यक्ष रिजालको नाम सर्ब सम्मत पारित गर्दै महासंघको कार्यकारिणी समितीको सदस्य पदमा उम्मेदवारी दर्ता गराएको छ ।


देशभरका जिल्लाहरुबाट उत्साहजनक समर्थन पाएका केन्द्रिय सदस्य पदका उम्मेदवार रिजालले समाजमा गरेको योगदान र संघको नेतृत्वमा रहदाँ ल्याएका लोकप्रिय कार्यक्रमहरु,सरसफाई अभियानको मोडेल,बन्द भएको दाङ एयरपोर्ट सञ्चालन देखि सभाहल निर्माणका प्रक्रियाहरु उदाहरणीय कामको रुपमा लिने गरिएका छन । प्रत्यक्ष निर्बाचनबाट १८ जना केन्द्रिय सदस्यहरु निर्बाचित हुने बिधानतहः ब्यबस्था महासंघको रहेको छ, भने १८ जना मध्य टप फईभ भित्र तुलसीपुरबाट रिजाल पर्ने आकलन महासंघको बर्तमान नेतृत्वले गरेको छ



प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार