शैलेश थापा क्षेत्री प्रहरीका नयाँ आइजिपी नियुक्त

Author Logo..
२०७७ असार २३ गते मङ्गलवार

काठमाडौं, २३ असार : नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्री नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शैलेश थापा क्षेत्रीलाई २८ औं आइजिपीमा नियुक्त गरेको हो । उनले अब २०७९ साल वैशाख १९ गतेसम्म संगठनको नेतृत्व सम्माल्ने छन् ।

शैलेश थापा क्षेत्रीले २०४९ साल वैशाख १९ गते प्रहरी सेवामा प्रवेश गरेका थिए । उनले कास्की, झापा लगायतका जिल्लामा कमाण्ड समाल्नु समालेका थिए । अहिलेका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको ३० वर्षे सेवा अवधि सकिएपछि बुधबार अवकाश लिदै छन् । क्षेत्रीले बिहीबारदेखि संगठन सम्हाल्ने छन्।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार