दाङ : राप्ती नदीले बगाउँदा दाङमा एक जना महिलाको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नं ४ मौरीघाट निवासी ५२ वर्षीया बसन्ता गिरीको मंगलबार राप्ती नदीले बगाउदाँ मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनी बिहान ४ घरबाट कसैलाई नसोधि निस्किएकी थिइन् । राप्ती गाउँपालिका ३ भानपुरमा राप्ती नदिमा मृत अवस्था फेला परेको ५ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनी भालुवाङस्थित राप्ती नदी पुलको आसपासबाट बगेको हुन सक्ने आशंका गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस