प्रतिष्ठानले कोरोना परीक्षण गर्न शुल्क मागेको प्रति नागरिक समाजको गम्भिर ध्यानाकर्षण

Author Logo..
२०७७ असार २३ गते मङ्गलवार

घोराही : नागरिक समाज दाङले दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले कोरोना परिक्षण गर्न शुल्क मागेको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । समाजका संयोजक चन्द्रराज पन्तको अध्यक्षतामा मंगलवार घोराहीमा बसेको बैठकले शुल्क मागेर पिसिआर परीक्षण रोकेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कोभिड १९ को परीक्षण तथा उपचार सरकारले निःशुल्क गरिरहेको अवस्थामा प्रतिव्यक्ति ५५सयका दरले रकम शोधभर्ना गर्न स्थानीय तहलाई पत्र काटेर परीक्षण बन्द गर्ने कार्य प्रति घोर अमानवीय भएको ठहर गर्दै तत्काल परीक्षण सुचारु गर्न माग गर्ने निर्णय गरिएको समाजकी सचिव लक्ष्मी आचार्यले जानकारी दिएकी छिन् । पिसिआर परीक्षण लगाएतका विषयमा यथाशिघ्र छिटो प्रतिष्ठान सहित सर्वदलीय सर्वपक्षीय सरोकारवालासँग बैठक गर्ने निर्णय भएको उनले जानकारी दिईन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार