धरासायी बन्दै यातायात ब्यबसायी

Author Logo..
अनलाइन राप्ती २०७७ असार २३ गते मङ्गलवार


शरद रेग्मी
तुलसीपुर
,२३ असार : लामो समयदेखिको लकडाउनका कारण चरम मार खेप्दै आएका यातायात ब्यबसायीहरुले निश्चित दुरी कायम गरि लामो तथा छोटो दुरिका सार्बजनिक यातायात सञ्चालन गर्न माग गरेका छन ।
यातायात ब्यबसायीहरुले गरेको अनुरोधलाई बारम्बार सरकारले ब्यवास्ता गर्दै आएपछि ब्यबसायीहरुले सबै जिल्लाहरुमा आफ्ना ब्यबसायीहरुसगं छलफल चलाउन सुरु गरेको नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासघका सल्लाहकार सुरेश हमालले जानकारी दिए ।


मंगलबार तुलसीपुरमा भएको दोस्रो दिनको छलफलमा बोल्दै हमालले सरकार र यातायात महासघले गाडि चलाउने निर्णय गरेपनि तत्काल सवारीका साधन मर्मत नहुदाँ सम्म चलाउन नसक्ने अबस्थामा रहेको बताए । उनले प्रत्येक गाडिहरु चार महिनादेखि ग्यारेज र बसपार्कमा थन्किएको हुदाँ तत्काल सरकारले निश्चित प्याकेज घोषणा गरेर ब्यबस्थापन गर्नुपर्ने बताए ।


त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष समेत रहेका हमालले हजारौँ मजदुर र ब्यबसायीहरुलाई साँझ बिहानको छाक टार्न समेत समस्या भएको भन्दै तत्काल स्थानिय सरकार र नेपाल सरकारको ध्यान पुग्नुपर्ने बताए ।


यातायात ब्यबसायीहरु लामो समयको लकडाउनका कारण बैंकको किस्ता र बिमाको रकम बुझाउन समस्यामा परेको भन्दै निजिक्षेत्रको योगदान र लगानीलाई राज्यले संरक्षण गर्नुपर्ने बताए ।
बिगत चार महिना देखिको बन्दाबन्दिका कारण पुर्णरुपमा बन्द रहेको यातायात लकडाउन खुकुलो हुदाँ सम्म पनि सुचारु हुन नसक्दा सर्बसाधारणहरु मारमा पर्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार