सरकार र ‘इनफ इज इनफ’बीच १२ बुँदे सहमति, तोडे अनसन

Author Logo..
अनलाइन राप्ती २०७७ असार २३ गते मङ्गलवार

काठमाडौं : इनफ इज इनफ अभियन्ताहरुले लामो समयदेखि गर्दै आएको अन्दोलन आजबाट अन्त्य गरेका छन् । सरकारसँग १२ बुँदे सहमति भएसँगै उनीहरुले आन्दोलन स्थगित गरेका हुन् । सहमतिसँगै १२ दिनदेखि अनसनमा रहेका अभियन्ता इशान अधिकारी र पुकार बमले आज विहान ह्याम्स अस्पतालमा अनसन तोडेका छन् ।

इनफ इज इनफ अभियन्ताहरुको माग अनुसार सरकार पीसीआरबाट परीक्षण गर्न, क्वारेन्टिनको व्यवस्था सुधार गर्न, आरडीटी परिक्षण स्थगित गर्न तयार भएको छ । क्वारेन्टिनमा बस्ने सबैको पीसीआर परीक्षण गर्ने पनि सहमति भएको छ ।

आन्दोलनकारीको माग अनुसार सरकारले होम क्वारेन्टिन सम्वन्धी निर्देशिका एक साताभित्र परिवर्तन गर्ने भएको छ । त्यस्तै जोखिममा रहेकाहरुलाई पीसीआर परीक्षणको दायरामा ल्याउन पनि निर्देशिक परिवर्तन हुने भएको छ । जोखिममा भएकामा विदेशबाट फर्केका, संक्रमितको सम्पर्कमा आएका, स्वास्थ्यकर्मी लगायत अत्यावश्यक सेवामा खटिने, कोरोनासंग मिल्दो लक्षण देखिएका व्यक्तिहरुलाई राखिएको छ ।

कोरोना संक्रमणविरुद्ध अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई लगाइने लान्छना भेदभाव अन्त्य गर्न र उनीहरुको जोखिम न्युनिकरणको ठोस व्यवस्था गर्ने पनि सहमति भएको छ । त्यस्तै कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गरेको खर्च सम्बन्धी विवरण पनि सार्वजनिक गर्ने सहमति भएको छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले अर्थ, श्रम र गृह मन्त्रालयलाई एक साताभित्र पत्राचार गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार