स्मार्ट कृषि गाँउ कार्यक्रमबाट नागरिकले लाभ लिन शुरु

Author Logo..
अनलाइन राप्ती २०७७ असार २३ गते मङ्गलवार

शान्तिनगर : २ बर्ष अघिदेखि शुरु भएको स्मार्ट कृषि गाँउ कार्यक्रमबाट नागरिकले लाभ लिन शुरु गरेका छन् । प्रदेश ५ सरकारले २०७५ सालमा कृषिको पकेट क्षेत्र विकास गर्ने योजनाअन्तर्गत दाङका ६ गाउँलाई स्मार्ट कृषि गाउँमा परिणत गर्ने योजना अगाडि बढाएको थियो ।


कृषि ज्ञान केन्द्र दाङको समन्वयमा एक सांसद एक कृषि गाउँअन्तर्गत ६ गाउँलाई स्मार्ट कृषि गाउँ बनाएको हो । देउखुरी क्षेत्रमा लमहीको हरदवा,गढवाको गुसुरा, घोराही ८ स्यानी गाउँ,तुलसीपुर १४ लुहाडबर मटेरा, बंगलाचुलीको रिभानटोल गाउँ र शान्तिनगर वडा नम्बर ७ दुबिचौर,बुढाडाबरमा लागु भएको छ ।


स्मार्ट कृषि गाँउ लागुभएको शान्तिनगर गाँउपालिका वडा नम्वर ७ का मोहनलाल खत्रीले कृषि ब्यबसायबाट राम्रो आम्दानी भएको बताए । यसअघि परम्परागत रुपमा धान र मकै खेति गर्दै आएका खत्रीले ब्यबसायिक तरकारी खेति गर्न शुरु गरेको बताए । जसका कारण उत्पादन र आम्दानीले ठुलो परिवर्तन गराएको छ ।


सरकारले तरकारीको विउ,टनेल लगायतको उपलब्ध गराएको छ । एउटा सानो टनेलबाट १५ / २० हजार सम्म आम्दानी हुने गरेको छ भने उनको टमाटर खेतिका लागि मात्र ६ वटा टनेल छन् ।
१० घर परिवारले ब्यवसायिक रुपमा बेमौसमी तरकारी समेत गरेका छन् । टमाटर, लौका, काक्रा, खुर्सानी गरिएको ओम प्रकाश शर्माले बताए । २ वटा टनेल बनाएका शर्माले ३५ हजार भन्दा बढी आम्दानी भएको उनले बताए ।


शान्तिनगर गाउँपालिका ७ दुविचौरका गोविन्द रावतले रोजगारी नपाउँदा ७ बर्ष विदेशमा बसे । तर कमाई राम्रो भएन् । २०७५ सालदेखि गाउँमा स्मार्ट कृषी कार्यक्रम लागु भएपछि २ वटा टनेलमा तरकारी खेति शुरु गरेको छ । त्यसबाट करिब ५० हजार बढी आम्दानी भएको उनले बताए । मकै, गहुँ रोप्दा खान समेत नपुग्ने अबस्थाका कारण खाडी मुलुक जानुपरेको बताउने रावत अहिले भने ब्यबसायी तरकारी खेतिबाट राम्रो आम्दानीले खुशी भएका छन् ।

गाउँमा ६ समुहमा ६० जना कृषकहरु उक्त पेसामा लागेको उक्त कार्यक्रम संयोजक दुर्योधन वलीले बताए । ५० विगाह जमिनमा ब्यवसायी तरकारी खेति गर्न आवद्ध बनाउने र किसानहरुको आयआर्जनमा बृद्धि गर्नको लागी यो क्रममा लागु भएको उनले बताए ।
त्यसका लागी पहिलो बर्ष ५० लाख बजेट आएको थियो, भने किसानहरुले २० प्रतिशत लगानी गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार