
दाङ : दाङमा प्रहरीले लिखित किर्ते गरेको आरोपमा वडासचिव सहित ३ जनालाई पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्धामा प्रतिवादीलाई बढि सजाय गराउन मनसायले पीडित केटीको उमेर घटाउने कार्यमा कीर्ते गरेको आरोपमा घोराही १८ रझेना निवासी ५५ बर्षीय घोराही उपमहानगर १ का वडा सचिव धनबहादुर केसी र घोराही १३ तुरुन्तपुर निवासी हाल सोही वडामा खरिदार पदमा कार्यरत ५४ बर्षीय लिलाजित नेपाली र घोराही १३ हेलो टावर नजिक बस्ने ४९ बर्षीय हुकुम बहादुर जिसीलाई सोमवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उनीहरुले २०५९ सालको जन्म मितिलाई सच्चाएर २०६१ साल बनाउन सघाएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता सुमित खड्काले जानकारी दिए । साथै दाङ देउखुरी जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।