तुलसीपुर, २१ असार : तुलसीपुरमा एक जना मृत फेला परेका छन् । तुलसीपुर ७ पर्सेनी बस्ने ४३ बर्षिय शिवलाल भण्डारी मृत फेला परेको ५ नम्वर प्रदेश प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । शनिवार साँझ घरमा खाना खाई सुतेका भण्डारी आइतवार विहान ८ बजे सम्म पनि नउठेपछि घरपरिवारले उठाउन जाँदा मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । उनले शनिवार साँझ अत्यधिक मादक पदार्थ सेवन गरेकै कारण निधन भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस