
काठमाडौं, २१ असार : आइतबार नेपालमा २ सय ९३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश नम्बर १ मा अहिलेसम्म ६ सय ९४ जना संक्रमित भेटिएका छन् । ४ सय ६९ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर २ मा ४ हजार १ सय ६० जनामा संक्रमण देखिँदा २ हजार ३४ जना डिस्चार्ज भएका छन् । बागमती प्रदेशमा ५ सय ६३ जनामा संक्रमण देखिएको छ २ सय ३४ जना डिस्चार्ज भएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गण्डकी प्रदेशमा १ हजार १ सय ४२ जनामा संक्रमण देखिएको छ भने २ सय १४ जना डिस्चार्ज भएका छन् । प्रदेश नम्बर ५ मा ३ हजार ९ सय ६८ संक्रमित रहेका छन् । १ हजार ७ सय २५ जना डिस्चार्ज भएका छन् । कर्णाली प्रदेशमा १ हजार ५ सय ७९ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ६ सय ७८ जनामा संक्रमण देखिएको छ । भने क्रमसः १ हजार १ सय ९१ र ६ सय ८० जना डिस्चार्ज भएका छन् ।
देशका २५ वटा प्रयोगशालाबाट कोरोना परीक्षण सुरु भएको छ । आइतबार ४ हजार ७ सय १० जनाको कोरोना परीक्षण भएको छ । आजसम्म २ लाख ५१ जहजार ७ जनाको परीक्षण भएको छ । यस्तै अहिले क्वारेन्टिनहरुमा ३१ हजार ५ सय ७३ जना रहेका छन् । ६ हजार ५ सय ४७ जना संक्रमित निको भएर डिस्चार्ज हुँदा ९ हजार २ सय ३ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।