बागलुङको क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ असार २१ गते आइतवार

काठमाडौं, २१ असार: बागलुङको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट पोजेटिभ आएको छ। गण्डकीका प्रदेश स्वास्थ्य प्रमुख डाक्टर विनोदविन्दु शर्मा क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि गर्नु भएको हो ।

योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ। केही समयअगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बसेका २९ वर्षीय युवकको आइतबार बिहान मृत्यु भएको थियो। लामो समयदेखि भारतमा बस्दै आएका उनी मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार