दाङ, २० असार : संचारकर्मी एंव गायक नविन वलीले छोरीको जन्मदिनको अवसरमा एक अति विपन्न घर परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग गरेका छ्न् । वलीले आफ्नी छोरी निर्जलाको जन्मदिनको अवसर पारेर तुलसीपुर ६ गोलौरा निवासी तुलसा बिक र मन बहादुर बिकलाई खाद्यान्न एवं आर्थिक सहयोग प्रदान गरेका हुन् ।
जन्मदिन मनाउने उक्त रकमले आर्थिक अवस्था निकै कमजोर भएका बिकको परिवारलाई नुन, चामल, दाल, तेल, तरकारी एंव नगद सहयोग गरेको उनले बताए ।
कोरोना महामारीका कारण दैनिकी चलाउन समस्या भएको भन्दै फजुल खर्च नगरी उनीहरुलाई सहयोग गरेको उनले बताए । आगामी दिनमा पनि यसै गरी मानवीय सेवामा तत्पर रहने उनको भनाई छ ।