दाङमा शुक्रबार थप ८ कोरोना संक्रमित भेटिए

Author Logo..
२०७७ असार १९ गते शुक्रवार

दाङ : दाङमा शुक्रबार ८ कोरोना संक्रमित भेटिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परीक्षणका क्रममा लमहीका ६ जना र राजपुर गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । लमही नगरपालिका ३ का ३० बर्षीया १ महिला, वडा नं. २ का २८ बर्षीय एक पुरुष, वडा नं. ५ का २२ बर्षीय पुरुष, २३ बर्षीय महिला, २२ बर्षीय महिला र १२ बर्षीय महिला रहेका छन् ।


त्यस्तै राजपुर गाउँपालिका वडा नं. ७ का २८ बर्षीय महिला र राजपुर २ का ३० बर्षीय महिला रहेका छन् । उनीहरु रोजगारीका लागि भारत र तेस्रो मुलुक पुगेका थिए । नेपाल आउदाँ उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमै रहेर घर नगई सिधै क्वारेनटाइनमा गएको लमही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लोकराज पौडेलले बताए ।

त्यसैगरी प्रतिष्ठानले शुक्रवार सम्म दाङ लगाएत विभिन्न जिल्लाबाट आएका १४ हजार ९०८ परिक्षण गर्दा ७८१ जनामा कोरोना पुष्टि भएको र १४ हजार १२० जनाको रिपोर्ट नेगटिभ आएको प्रतिष्ठानका शाखा अधिकृत रोशन आचार्यले जानकारी दिए । त्यसैगरी आजदेखि परिक्षण गर्न स्वाब नभएको समेत प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार