प्रतिष्ठानले स्थानियतहसंग कोरोना परिक्षण गरेको रकम माग्दै

Author Logo..
अनलाइन राप्ती २०७७ असार १८ गते बिहिवार


दाङ : दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना परिक्षण गरे वापतको रकम उपलब्ध गराउन यहाँका स्थानियतहहरलाई अनुरोध गरेको छ । सबै स्थानीय तहहरुलाई अहिलेसम्म परीक्षण भएका प्रत्येक पीसीआर परीक्षण वापतको रकम उपलब्ध गराउन अनुरोध गरेको हो । प्रतिष्ठानका रजिष्ट्रार कैलास प्रसाद देवले सबै स्थानीय तहलाई पत्र लेख्दै सरकारको दररेट अनुसार रकम सोधभर्ना गर्न अनुरोध गरेका हुन् ।

अहिले प्रतिष्ठानको आर्थिक अबस्था पनि कम्जोर भएकाले सरकारले तोकेको दर अनुसार प्रत्येक ब्यक्तिको ५ हजार ५ सयका दरले अहिलेसम्म परीक्षण भएको स्वाबको रकम उपलब्ध गराउन अनुरोध गरिएको छ । प्रतिष्ठानले अहिले आफ्नै खर्चमा पीसीआर मेसिन, कीट खरिद गर्दै आएको र कोरोना परीक्षणको क्रम बढेपछि नियमित विरामी नआउने हुँदा प्रतिष्ठानको आर्थिक अबस्था कम्जोर भएको रजिष्ट्रार देवले बताएका छन् ।

अहिले खर्च धेरै, आम्दानी न्यून भएपछि कोरोना परीक्षण र व्यबस्थापनकालागि स्थानीय तहका जनप्रतिनिधिसंग छलफलबाट रकम दिने सहमति भएको समेत उनले बताए । त्यसैगरी लमही नगरपालिकाका संग असार १२ गते सम्म४७१ जनाको परिक्षण गर्दा २५ लाख ९० हजार ५ सय प्रतिष्ठानलाई सोधभर्ना गरिदिन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार